अर्घाखाँचीमा पर्यटन प्रवद्र्धन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा पर्यटन प्रवद्र्धन विशेष अभियान सञ्चालनका लागि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्लामा धेरै पर्यटकीय स्थल भएपनि हाल सम्म सुपादेउराली मन्दिरमा मात्र पर्यटकको संख्या धेरै आउने गरेका छन ।त्यसलाई विस्तार गदै जिल्लाका अन्य क्षेत्रमा पनि पर्यटक आगमनको लागि टेवा पुगोस भनेर पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा भएको छ ।पर्यटन क्षेत्रको विकासको लागि केन्द्रिय मन्त्री,प्रदेश सांसद र ६ वटै स्थानीय तहका प्रमुखहरुलाई एकै ठाँउमा राखि पर्यटक आगमनमा भुमिका खेल्ने जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालाले बताउनुभयो ।
यस्तै जिल्लाको खाँची दरवार,अर्घा दरवार,पवित्र भुमी पाणिनि तपोभुमी,मालारानी मन्दिर, दर्शानिय मन्दिर उलुक महाराज,बल्कोट पैवा,नृसिंह थान मन्दिर लगायतका पर्यटकीय क्षेत्रको विकासका लागि सबै एक जुट हुनेमा चासो राखिएको थियो ।

कार्यक्रममा बोल्दै पालिका प्रमुखहरुले सबै भन्दा पहिले पुर्वधार निर्माणको आवश्यकता छ,त्यो निर्माणको लागि आफुहरु संग प्राप्त बजेट नभएको बताएका थिए । यस्तै पर्यटन प्रवद्र्धनको लागि स्थानीय उत्पादन महत्व र पहिँचान गराउन जरुरी रहेको बताएका हुन ।
निजी क्षेत्रहरुले पालिकाले पर्यटन क्षेत्रमा केहि संमरचना निर्माण गरेपनि त्यसको प्रचारप्रसार र महत्व बुझाउन खासै चासो नदिदा सुपादेउरालीमा मात्र पर्यटक केन्द्रित भएको आरोप लगाएका थिए ।पर्यटक आगमनमा टेवा पुगोस भनेर पत्रकार महासंघले कार्यक्रम गरेको जिल्ला अध्यक्ष अशोक खनालले बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, एमालेका जिल्ला सचिवालय सदस्य लिलबहादुर बिक, नेकपा माओवादीका प्रदेश सदस्य रामलाल पराजुली, राष्ट्रिय स्वतन्त्र पाटीका जिल्ला संयोजक हरि प्रसाद भुसाल, एकिकृत समाजवादीका जिल्ला सचिव युवराज पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, राप्रपाका जिल्ला प्रवक्ता विनोद आचार्य, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्र लगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलका प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालयका कार्यालय प्रमुख, संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
महासंघका सहसचिव रिदय भुसालले अर्घाखाँचीको पर्यटनको बारेमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close