सन्धिखर्क १२ मा पनि राखियो बृहत् नेपाल (ग्रेटर नेपाल )को नक्सा

सन्धिखर्क ।वडा अध्यक्षहरूले आफ्नो कार्यकक्षमा बृहत् नेपाल (ग्रेटर नेपाल )को नक्सा राख्न थालेका छन् । देशका विभिन्न वडामा राखे जस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ ले पनि वडा कार्यालयलमा ग्रेटर नेपालको नक्सा राखेको वडा अध्यक्ष नारायण खड्काले बताउनुभयो ।
पछिल्लो समय भारतले नेपालको भूमि समेत समावेश गरि सांस्कृतिक नक्सा तयार गरेको प्रसङ्ग पश्चात् नेपालमा उक्त विषयले चर्चा पाएको छ ।कार्यक्रममा कार्यपालीका सदस्य सारदा परियार, वडा सदस्य रामबहादुर बस्याल, खिमकला कुवर,मिना श्रेष्ठ लगातको सहभागीतामा उक्त नक्सा वडा कार्यालयमा राखिएको हो ।
कमेन्ट गर्नुहोस !