कांग्रेस अर्घाखाँचीले असोज २६ र २७ गते कार्यकर्तालाई प्रशिक्षण दिदै

सन्धिखर्क ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको बैठक बिपि स्मृति भवन सन्धिखर्कमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
जिल्ला सभापति केसव श्रेष्ठको सभापतित्व सचिव कृष्णप्रसाद खनालका संचालनमा सम्पन्न बैठकले पार्टीको संगठन निर्माण सागठानिक अवस्था भाबि रणनीतिको बिषयमा विशेष छलफल गरेको छ ।

यस्तै बैठकमा जिल्ला सदस्य तथा पार्टीका पदाधिकारी हरुले भनाइ राख्नु भएको थियोे । बैठकले बृहत कार्यकर्ता प्रशिक्षण केन्द्रीय प्रशिक्षक हरुको उपस्थितिमा असोज २६ गते र २७ गते सन्धिखर्कमा कार्यक्रम संचालन गर्ने भएको छ ।
बैठकले ‘जिल्ला सम्मेलन’ भव्य रुपमा सम्पन्न गर्न आवश्यक समन्वय गर्ने र तैयारी गर्ने जिम्मेवारी पार्टी सभापति केशव श्रेष्ठलाई दिने निर्णय गर्दै प्रशिक्षणका लागि तैयारी गर्ने जिम्मेवारी जिल्ला उपसभापति तथा प्रशिक्षण विभागका प्रमुख बिष्णु भुसाललाई दिने निर्णय गरेको छ ।

सभापती केशव श्रेष्ठको सभापतित्व, सचिव कृष्णप्रसाद खनालको संचालनमा सम्पन्न भएको बैठकमा पार्टीको संगठन निर्माण, सांगठानिक अवस्था, भावी रणनीतिको विषयमा विशेष छलफल गरेको पार्टी प्रचार विभाग प्रमुख सुर्यप्रसाद भुसालले जानकारी दिनुभयो । ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close