गुल्मीमा निर्माणधीन घर माथिबाट पहिरो खस्दा एकको मृत्य, २ घाइते

गुल्मी ।गुल्मीमा माटोको ढिस्कोसहितको पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।पहिरोमा पुरिएर प्युठानको गौमुखी गाउँपालिका वडा नम्वर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँमा निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । यस्तै सोहि घटनामा परी २ जना घाइते भएका छन । घाइते हुनेमा घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !