रुपन्देहीमा दुई समुह बिच झडप एकको मुत्यु,३ घाइते

रुपन्देही ।गएराती रुपन्देहीको तिलोत्तमामा दुई समुहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ, झडपमा परि तिनजना घाईते भएका छन्।

तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केउलानीमा दुई समूहबीचको झडपमा परी हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।केउलानीमा एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनिहरुका बीचमा सामान्य विवाद बढ्दै गई झडप भएको थियो। अर्को समूहको चक्कु प्रहारबाट गम्भिर घाईते भएका साङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

झडपका क्रममा काठमाडौं महानगरपालिका १ बस्ने बिकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाईते छन्। उनिहरुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको र दुईजनाको अवस्था गम्भिर रहेको छ।घटनामा संलग्न भएको आरोपमा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close