युनियनको स्थापना दिवस बिरामी बस्न कुर्ची हस्तान्तरण देखि क्यान्सर पिडितलाई आर्थिक सहयोग

सागर महत,सन्धिखर्क ।
नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले ३४औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जसअन्तर्गत जिल्ला अस्पताल अर्घाखाँचीमा सेवाग्राहीहरुलाई बस्नको लागि सहजहोस भनेर २ थान ३ सिट भएका भिजिटर कुर्सी हस्तान्तरण गरिएको युनियनका जिल्ला अध्यक्ष माधव अर्यालले बताउनुभयो ।
यस्तै युनियनले जिल्ला समन्वय समिति, अर्घाखाँचीमा कार्यरत क्यान्सर रोगको उपचाररत मधुकला श्रेष्ठ (लक्ष्मी )लाई आर्थिक सहयोग समेत गरेको छ भने स्वास्थ्य कार्यालय अर्घाखाँचीबाट अवकाश हुनुभएका चेतनारायण भट्टराईलाई सम्मान समेत गरिएको अध्यक्ष अर्यालको भनाइ छ ।युनियन आवश्यताका आधारमा विभिन्न रचनात्मक कार्यक्रम गदै आएको छ ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, अस्पताल प्रमुख डा.जगन्नाथ तिवारी, आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, लगायतले शुभकामना मन्तव्य राख्दै कर्मचारीको भुमिका निर्वाह गदै अन्य क्षेत्रमा पनि युनियनले गरेका गतिविधि सकारात्मक रहेको बताउनुभएको हो ।
कार्यक्रमा नेपाली कांग्रेसका जिल्ला उपसभापति विष्णु भुसाल ,सचिव कृष्ण खनाल,महिला संघकी जिल्ला अध्यक्ष जानका बन्जाडे नेपाली कांग्रेस प्रदेश (ख)का सभापति हेमन्त बेल्बासे,प्रेस युनियनका अध्यक्ष लक्ष्मण घिमिरे लगायतको सहभागीता रहेको कार्यक्रम युनियनका सचिव अर्जुन रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !