अर्घाखाँचीमा विश्व उपभोक्ता दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

सागर महत,अर्घाखाँची ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अर्घाखाँचीमा प्रभातफेरी निकालिएको छ ।उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी निकालिएको हो ।उपभोक्ताको अधिकार, हामी सबैको सरोकार, बासी सडेगलेका झिंगा भन्केका खाद्य पदार्थ उपभोग नगरौं जस्ता जनचेतनामूलक नारा लेखिएका प्लेकार्डसहित प्रभातफेरीको कार्यक्रम सन्धिखर्कमा गरिएको हो ।प्रभातफेरी पछि गरिएको कार्यक्रममा बौल्दै प्रमुख जिल्ला अधिकारी मिना अर्यालले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न सबैमा आग्रह गर्नुभयो । यस्तै, बजार अनुगमनलाई थप प्रभावकारी तरिकाले अगाडी बढाउने कार्यलाई कुनै कमी हुन नदिने प्रजिअ अर्यालले बताउनुभयो ।
विगतको तुलानामा भन्दा यस वर्ष बजार अनुगमन गर्दा नाप, तौल, गुणस्तर मूल्य सुचीमा सुधार आएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताउनुभयो ।

यस्तै, अब विद्यालय क्षेत्र र दुर्गम बस्तीमा पनि अनुगमनको कार्यलाई अगाडि बढाउने बताउनुभयो ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,सन्धिखर्क नगरपालिका र उद्योग वाणिज्य संघ अर्घाखाँचीको संयुक्त आयोजनामा गरिएको हो ।

कार्यक्रममा उपभोक्ता हक हित समितिका अध्यक्ष सहयोगी बिसी,उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्र लगायतले मन्तव्य राखेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, चेम्बर अफ कर्मका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठ प्रहरी नायब उपरिक्षक मुकुन्द रिजाल,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनाराण आचार्य लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close