जग्गाको कित्ताकाट पूर्ण रूपमा खुल्यो

काठमाण्डौं ।सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाट खुला गरेको हो ।यसअघि रोकिएका सम्पूर्ण जग्गासम्बन्धी काम फुकुवा गर्ने निर्णय भएको बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

उनका अनुसार जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएका कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका कामलाई फुकाउनेगरी भूउपयोग नियमावली मन्त्रिपरिषदले पारित गरेको हो ।

गत वैशाखमा मन्त्रिपरिषदले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुनसकेको थिएन । गत वर्षको जेठमा भूउपयोग नियमावली जारी गरिएपछि जग्गाको वर्गीकरण गर्नुुपर्ने प्रावधान राखेपछि कित्ताकाट रोकिएको थियो । स्थानीय तहले गत पुस महिनाभित्रमा नै वर्गीकरण गरिसक्नुपर्ने भए पनि १ सय ६० पालिकाले वर्गीकरण गर्दा कित्ताकाट पूर्ण रूपमा खुल्न सकेको थिएन, जसले गर्दा राजस्वमा समेत धक्का परेको थियो ।

जग्गासँग जोडिएका सबै समस्या समाधान गर्नेगरी नियमावली संशोधन भएको र जग्गा कित्ताकाट, नामसारीलगायतका सबै काम अब सहज हुनेगरी मन्त्रिपरिषदले नियमावली संशोधन गरेको बताइएको छ ।

कित्ताकाटलाई पूर्ववत अवस्थामा सहज गराई सो समस्या समाधान गर्नेगरी गरेको भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली २०८० को प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको र मन्त्रिपरिषदले त्यसलाई पारित गरेको बताइएको छ ।

नियमावली संशोधनसँगै अब कुनै जग्गा व्यावसायिक वर्गीकरणमा परेको छ भने कित्ताकाट नहुने भन्ने समस्या नरहने भएको छ । अंशबन्डा गर्दा न्यूनतम यति जग्गा हुनैपर्छ भन्ने पनि अब समस्या नहुने प्रावधान नियमावलीमा उल्लेख गरिएको छ । संशोधनसँगै मोही बाँडफाँटको पनि कित्ताकाट खुला भएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close