कपिलवस्तुमा पोखरीमा डुबेर २ बालकको मृत्यु

बुटवल। कपिलवस्तुमा पोखरीमा डुबेर एकैघरका २ दाजुभाईको मृत्यु भएकोे छ।कृष्णनगर नगरपालिका वडा नम्बर ५ बगहीमा पोखरीमा डुबेर उनिहरुको मृत्यु भएको हो।
हिजो साँझदेखि हराएका ७ बर्षिय साजन यादव र ५ बर्षका राजन यादवको आज बिहान नजिकैको पोखरीमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ ।दुवै शवलाई बहादुरगंजस्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको इप्रका कृष्णनगरले जनाएको छ ।
कमेन्ट गर्नुहोस !