अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ,२ जना घाइते

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालीका वडा नम्बर ७ टिमुरे गैरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार सन्धिखर्कबाट खिल्जी तर्फ जादै गरेको रा ४ त ४२९५ नम्बर को ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा परि प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर १ कोल्बोटका २७ वर्षिय चालक कमल सोमै मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा अर्घाखाँचीको सितगंगा नगरपालीका ७ दमारबेसीका कृष्ण आचार्य र प्युठानको ऐरावति गाउँपालिका १ बस्ने बर्ष २२ को माधव खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक विक्रम रिजालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close