पत्रकार मृत्युको घटना ,सञ्चार गृहमा भएको तोडफोड र आगजनीविरुद्ध ध्यानाकर्षण

सन्धिखर्क।पत्रकार महासंघ अर्घाखाँचीले पत्रकार हत्या तथा सञ्चार गृहमा भएको तोडफोड आगजनीविरुद्धमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
राजावादीको नाममा भएको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत सुरेश रजकको हत्यासहित पत्रकार र सञ्चारमाध्यम माथिको आक्रमणविरुद्ध ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश खनालले बताउनुभयो।
पत्रकार तथा सञ्चार माध्यम माथिको आक्रमण बन्द गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।अप्रत्याशित घटनाको निन्दा गर्दै दोषीहरूलाई कारबाहीको माग समेत गरिएको सचिव लक्ष्मण घिमिरेले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !