आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलोरलाई हरायो

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलोरलाई ६ विकेटले हराएको छ । यो हारसँगै बेङ्गलोर प्रतियोगिताबाट बाहिरिएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ ।१ सय ९८ रनको लक्ष्य पाएको गुजरातले ५ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।
वर्षाका कारण हिजो गए राति ढिलो गरी सुरु भएको खेलमा बेङ्गलवोरले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो ।
योसँगै मुम्बईमा पुग्नै चार वटै टिमको टुङ्गो लागेको छ । अब चेन्नईमा हुने क्वालिफायर १ मा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्नेछन् भने इलिमिनेटरमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्नेछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close