नेकपा माओवादी केन्द्र निकट संगठनको आयोजनामा भष्ट्रचार विरुद्व खबरदारी कार्यक्रम सन्धिखर्कमा सम्पन्न

अर्घाखाँची।अर्घाखाँचीमा नेकपा माओवादी केन्द्र निकट सम्बद्व जनवर्गिय संगठनको आयोजनामा भष्ट्रचार विरुद्व खबरदारी कार्यक्रम सन्धिखर्कमा गरिएको छ।
साहसी सरकार धन्यवाद, भष्ट्रचारीलाई कार्वाही गर ,सरकार हामी साथमा छौं ,साहसी प्रहरी धन्यवाद लगायका नारा सहित कार्यक्रम गरिएको पार्टीका बैकल्पिक केन्द्रिय सदस्य छम कुमारी खनालले बताउनुभयो ।
खनालले राम्रा कामको लागी पार्टीको साथ सहयोग हुने र भष्ट्रचार मुक्त समाज निर्माण गर्ने पार्टीको एजेण्डा रहेको बताउनुभयो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पुर्व उपप्रधानमन्त्री तथा एमाले सासंद टोपबहादुर रायमाझीले चुनाव जित्नको लागि आफ्नो छोरालाई प्रयोग गरेर करोडौ भष्ट्रचार गरेको योङ कम्युनिस्ट लिग नेपालका केन्द्रिय सचिव ठाकुर सौरागले आरोप लगाउनुभयो ।
अर्घाखाँचीबाट राजनिति नेतृत्व गर्दा जनयुद्व लडेर आउनुभएका रायमाझीले केवल देशका नागरिकलाई अनागरिक बनाइएको समेत बताउनुभयो ।
कमेन्ट गर्नुहोस !