छत्रदेव गाउँपालिकामा हाँडेकोट लिफ्टिङ खानेपानी आयोजनाको शिलन्यास

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हाँडेकोट लिफ्टिङ खानेपानी योजनाको शिलन्यास गरिएको छ ।गाउँपालिकाको वडा नम्बर ४ केरुङ्गामा रहेको उक्त लिफ्ट खानेपानी योजनाको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले शिलन्यास गर्नुभएको हो । गौरवको योजनाको रुपमा रहेको खानेपानी आयोजनाकोे शिलन्यास भएसँगै अबको केही वर्षमा स्थानीयले खानेपानी सुविधा पाउने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । लामो समय सम्म खानेपानी बाट बन्चीत नागरिक छत्रदेव गाउँपालिका ४ मा रहेको आयोजनाबाट १,२,३,र ५ वडा का केही  नागरिकलाई पनि सहज हुने बताउनुभयो ।


३० करोड २२ लाख ३१ हजार ९ सय ३७ रुपैयाँमा बन्न लागेको आयोजना २०८१ फागुनमा सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो ।कुवाको पानी बोकेर घरमा ल्याउने समस्या हटने छ भने पानी बोक्ने समय त्यहाँका नागरिकले अन्य क्षेत्रमा लगाउन पाउने उहाँले बताउँनुभयो।


गाउँपालिकाको विशेष पहल र संघिय बजेट बाट बन्न लागेको योजनाबाट स्थानीय खुशी भएका छन । जिल्लाकै गौरवको आयोजना भएकाले समयै सम्पन्न गर्ने तर्फ सहयोगको आवश्यक पर्ने भएकाले सोही बमोजीम लाग्न गाउँपालिका कार्यपालीका सदस्य तथा वडा नम्बर ६ का वडा  अध्यक्ष कमल पौडे्लले आग्रह गर्नुभयो।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close