स्ववियु निर्वाचन आज हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज हुँदै छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका क्याम्पसहरूमा आज स्ववियु निर्वाचन हुने भएको हो । बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।विभिन्न पार्टीनिकटका संगठनबाट उम्मेदवार बनेकाले स्ववियु चुनावले आम निर्वाचनको झल्कोसमेत दिने गरेको छ । कतिपय क्याम्पसहरूमा विभिन्न संगठन र समूहबीच विवादसमेत भएका छन् ।
विवादका कारण कतिपय क्याम्पसमा स्ववियु चुनावका प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन । केही स्थानमा भने विवादका कारण मनोनयन प्रक्रिया अवरुद्ध भएको छ भने केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ । पानीका बोतल, पेट्रोल, डिजेल, जाँडरक्सी, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ, मसी मतदानस्थलमा लैजान निषेध गरिएको छ ।
कमेन्ट गर्नुहोस !