राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौ जिल्ला सम्मेलन बैशाखमा हुने

सन्धिखर्क ।राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौ जिल्ला सम्मेलन बैशाखमा हुने भएको छ । आउदो बैशाख ८ र ९ गते हुने सम्मेलनको लागि जानकारी दिनको लागि सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरिएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ।उद्घाटन गर्नको लागि पार्टीका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसी आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभयो ।
“गणतन्त्र र राष्ट्रियताको रक्षा,संघियता खारेजि हाम्रो आन्दोलन,वाताबरणिय सन्तुलनसगैं सम्मुनत अर्घाखाँचीको लागि ५औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन गर्न लागि परेको बताउनुभयो । पहिलो चरणमा फागुन १८ गतेसम्ममा पालिका बैठक, फागुन मसान्तसम्म वार्ड बैठक, चैत्र १२ गतेसम्म सम्पुर्ण पालिका, वार्ड भेला÷सम्मेलन सम्पन्न गर्ने  अध्यक्ष केसिले बताउनुभयो ।


यता अध्यक्ष थम्मन के.सी.को संयोजकत्वमा मुल व्यवस्थापन समिति, अध्यक्ष के.सी.कै संयोजकत्वमा १ सय १५ सदस्यिय सम्मेलन तयारी समिति, सचिव बाबुराम पन्थीको संयोजकत्वमा १ सय ५५ सदस्यिय प्रचार–प्रसार समितिको निर्माण गरेको बताइएको छ ।
पार्टी जिल्ला उपाध्यक्ष गोपाल पौडेलको अध्यक्षता र सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.,केन्द्रिय सदस्य सागर के.सि.,झबिलाल थापा,यमलाल पोख्रेल,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल,पत्रकार महासघंका जिल्ला अध्यक्ष अशोक खनाल लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

पार्टी के.सी.ले पत्रकार सम्मेलनमा तत्कालिन रुपमा जिल्लामा देखिएका प्रेस बिज्ञप्तीपस्तुत गदै जिल्ला अध्यक्ष थम्मन केसीले जिल्लामा भ्रष्टाचारको बिरुद्दमा पहलकद्मी लिन सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गराएको छ । बढिरहेको वातावरणिय असन्तुलनले जिल्लाका पर्यटकिय , धार्मिक , एतिहासिक ,सांस्कृतिक क्षेत्रमा ठूलो समस्या जिल्लामा हुने बिकास निर्माणका काममा अनियमितता , गुणस्तरहिन , अपारदर्शिकतन लगायतका विषयमा जिल्ला अध्यक्ष केसीले ध्यानाकर्षण पत्र समेत पस्ततु गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close