गुल्मीमा भारतीय नागरिकको हत्या गर्ने दम्पती पक्राउ

गुल्मी।गुल्मीमा एक दम्पतीलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन । भारतको शेख अताहुसैइं–१८ लेन सुगौली पूर्वी चम्पारण बिहारका ४४ वर्षीय शेख आलिनामको हत्या आरोपमा सत्यवती गाउँपालिका–१ रुद्रबेणीका छविलाल अधिकारी र उहाँकी श्रीमती विष्णु अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

माघ १९ गते रुरुक्षेत्र गाँउपालिका–२ गुदेनबगरस्थित स्याङ्जा र गुल्मी जिल्लाको सिमाना भई बग्ने कालीगण्डकी नदीको किनारमा भारतीय नागरिक शेखको शव फेला परेको थियो ।उक्त घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको कमाण्डको टोली घटनास्थलमा खटिएको थियो । अनुसन्धानका क्रममा अधिकारी दम्पतीले नै भारतीय नागरिकको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

उनीहरुलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close