बुटवलमा जनप्रतिनिधि लाई मुक्का प्रहार

काठमाडौं । बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई उनकै क्षेत्रका एक पुरुषले मुक्का हानेका छन् ।पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका हुन् ।प्रभवित क्षेत्रमा हिडीरहेको समयमा प्रमुख सुवेदीलाई पछाडीबाट आएर एक पुरुषले मुक्का प्रहार गरेका हुन् । मुक्का प्रहार गरेपछि उनलाई सुरक्षाकर्मीहरुले रोकेका थिए ।चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । अहिले पनि चुरेबाट भेलसहितको पहिरो खसीरहेको छ । ज्योतिनगर क्षेत्रमा यस वर्ष भदौ १३ गतेदेखि पहिरो खस्न सुरु गरेको हो । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।
कमेन्ट गर्नुहोस !