आज देशभर सार्वजनिक बिदा

काठमाडौं । कास्कीको पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा आज राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ ।

विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले सोमवार मनाउने तयारी गरेको २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close