देउवालाई भेट्न धुम्बाराही पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् ।सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सिंगो ‘हाउस'(संसद्)नै विश्वासको मतका पक्षमा उभिने बताएका थिए।
कांग्रेसको बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने, नदिने कुरा २६ पुसमै निर्क्योल हुने निर्णय गरेको थियो। कांग्रेसको संसदीय दलको अर्को बैठक भोलि बिहान ९ बजे बस्दै छ।
कमेन्ट गर्नुहोस !