गठबन्धन चाँडै टुट्ने आशामा कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारको आयु लामो नभएको दाबी गरेको छ।दाहाल नेतृत्वको सरकारले विश्वासको मतसमेत लिन बाँकी रहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले सात दलीय गठबन्धनमा आपसी विरोधाभास रहेकाले आयु छोटिने दाबी गरेको हो। दाहाल नेतृत्व सरकारले पूर्णता नपाउँदै वर्तमान गठबन्धन टुट्ने र आफ्नो दल सत्तामा पुग्ने आशामा कांग्रेस देखिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दाहाल नेतृत्वको सात दलीय गठबन्धनमा कसले ठुलो जिम्मेवारी पाउने भन्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाए।

‘यो गठबन्धन ठुलो विरोधाभासमा छ। यो गठबन्धन स्वाभाविक देखिँदैन। त्यहाँ पदको प्रतिस्पर्धा चलिरहेको छ,’ महतले भने, ‘यो गठबन्धनको आयु छोटिने सम्भावना देखिराखेका छौं।’

पूर्वसहमति र प्रतिबद्धताविपरीत माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेस नेतृत्व गठनबन्धन तोडेर गएको धारणा राख्दै महतले भने, ‘विश्वास गर्नुको विकल्प थिएन तर उहाँले त्यसलाई तोडेर जानुभयो। आफ्नै प्रतिबद्धता तोडेर किन जानुभयो भनेर उहाँ ९दाहाल० ले नै जवाफ दिनुहोला।’

सभापति शेरबहादुर देउवासहित निकटहरूका कारण गठबन्धन टुट्दा कांग्रेस सत्ताविहीन हुन पुगेको भन्दै पार्टीभित्रबाटै तीव्र आलोचना भइरहेका बेला प्रवक्ता महतले भने माओवादी केन्द्रका अध्यक्ष दाहालका कारण अहिले गठबन्धन टुटेको बताए। नागरिक दैनिकबाट

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close