अर्घाखाँचीको शितगंगामा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु

सागर महत ,अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।शितगंगा नगरपालिका २ सितापुरमा भालुको आक्रमणबाट ८० वर्षीय वृद्ध रामबहादुर क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताउनुभयो ।

शितगंगा २ निवासी क्षेत्री घरदेखि झिरा जाँदै गर्दा रानी सामुदायिक वनमा एक्कासी भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट क्षेत्री गम्भीर घाइते भएका थिए।क्षेत्रीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close