मालारानी गाउँपालिकामा आयआर्जन गर्न बाख्रा उपहार

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्रको सहजीकरणमा १६ वटा बाख्रा वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गतका समूह सदस्यहरुले आफुले बाख्रा प्राप्त गरेको डेढ वर्षमा एउटा पाठी उपहार प्रदान गर्ने नीतिगत व्यवस्था अनुसार मालारानी ४ का १६ जना समूह सदस्यहरुबाट आज एक कार्यक्रमबिच १६ वटा बाख्रा अन्य समूह सदस्यहरुलाई उपहार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
उपहार दिने सबै सदस्यहरुलाई हार्दिक धन्यवादका साथै उपहार प्राप्त गर्ने सदस्यहरुलाई स्वरोजगारमूलक बाख्रापालन व्यवसायमा पूर्ण सफलताको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले कामना गर्नुभएको छ ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपा पोखरेल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !