लुम्बिनी प्रदेश नगरपालिका संघको संयोजकमा गुल्मीका पन्थी चयन

अर्घाखाँची । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको संयोजकमा गुल्मीको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी निर्विरोध चयन हुनुभएको छ । पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति समेत हुनुहुन्छ ।
भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।भेलाले सहसंयोजकमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याललाई चयन गरेको छ । उहाँ एमालेबाट निर्वाचित हुनुभएको थियो ।
कमेन्ट गर्नुहोस !