सन्धिखर्क नगरपालिकामा भोली सार्वजनिक बिदा

सागर महत ,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हिन्दु धर्माबलम्बीहरुको महत्वपुर्ण चाड एकादशी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको कार्यालय मातहतका सम्पुर्ण वडा कार्यालयहरु,शिक्षण संस्थाहरु,आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा स्थानीय बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।
भोली कार्तिक १८ गते (शुक्रबार)मुख्य गरि सदरमुकाम सन्धिखर्कमा अधिकामश ठाँउमा देउसी भैलो नाच्ने गर्दछन ।
कमेन्ट गर्नुहोस !