एमालेको घोषणापत्रमा खेतबारीमा पानी, खाडीमा हैन स्वदेशमै जवानी लगायतका कार्यक्रम समावेश

काठमाण्डौं ।नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा युवालाई खाडीमा नभई देशमै रोजगारी सृजनाको ग्यारेण्टी गरेको छ ।‘२० ग्यारेण्टी पाँच वर्ष एमालेले गर्छ’ भन्दै घोषणा पत्रमा खेतबारीमा पानी खाडीमा हैन स्वदेशमै जवानी भनेर उल्लेख गरेको छ । यस्तै घोषणा पत्रमा प्रत्येक वर्ष ५ लाख रोजगारी सृजना गर्ने र न्यूनतम ज्याला २५ हजार पु¥याउने ग्यारेण्टी पनि गरिएको छ । दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्नुभएको हो ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close