अर्घाखाँचीको लोकप्रिय भैरव नाँच समापन

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको लोकप्रिय भैरव नाँच यस वर्षको लागि समापन भएको छ ।विधिवत रुपमा पूजा गरि यसको समापन गरिएको छ। नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा नाचिने गरिन्छ ।आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैराम नचाउने गरिन्छ । यस्तै अर्के तर्फ यसमा घोडचढी नाँच, लाउरे लाहुरेनी नाच, टाकन टुकन नाच लगायतका नाच भैरव नाचका विशेषता रहेको हुन्छ । यो नाचमा फरक फरका ७ वटा ताल रहने भैरव नाच समिति अर्घाखाँचीले जनाएको छ ।
भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिकमा देउसी भैलो सुरु हुने अघि सम्म नाच्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close