अर्घाखाँचीमा पैसाको लेनदेनमा विवाद हुँदा दाजुले गरे भाइको हत्या

सागर महत,अर्घाखाँची । अर्घाखाँचीमा बुधबार भीरबाट लडेर मृत अवस्थामा फेला परेका पुरुषको हत्या भएको खुलेको छ ।भूमिकास्थान नगरपालिका वडा नम्बर १ खला धारा भीरबाट धकेलेर हत्या गर्दा साम्नेगाउँका ७० वर्षीय बीरबहादुर गमालको मृत्यु भएको थियो । गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले बैंकबाट वृद्ध भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए ।

बुधबार घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा पैसाको लेनदेको विषयमा दाजु र भाइबीच विवाद हुँदा धकेला धकेल हुँदा भीरबाट लडेर भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । गमालको शव बाटोदेखि ७० मिटर तल खसेको अवस्थामा फेला परेको थिया ।

उनीहरुले भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा रहेको शाईन रेशुङ्गा बैंकबाट वृद्ध भत्ता बुझेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close