अर्घाखाँचीमा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि मनोनयन दर्ता

सागर महत ,अर्घाखाँची ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीको सन्धिखर्कमा रहेको निर्वाचन कार्यालयमा गएर प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो ।
गठबन्धनको तर्फबाट कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल (गौतम) ले पनि उम्मेदवार दर्ता गराउनुभएको छ ।यस्तै प्रतिनिधि सभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरि प्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पाटीबाट दुर्गा बन्न्जाडे, नेपाल मजदुर किसान पाटीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पाटीका मधुबहादुर सारु र स्वतन्त्रबाट पशुपति ढकाल लगायतले उम्मेद्धारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईले बताउनुभयो ।
यता एमालेबाट प्रदेशसभा (क) मा केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (ख) मा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य रामजीप्रसाद घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
गठबन्धनले प्रदेश सभा (क)मा नेकपा माओवादी केन्द्र का ठाकुर कुमार विक र प्रदेशसभा (ख) मा कांग्रेसका कमलप्रसाद भुसालले उम्मेदवार दर्ता गराउनुभएको छ ।भुसाल र विक सन्धिखर्क नगरपालिकाका पुर्व मेयर र उपमेयर हुनुहुन्छ।
यसैबिच
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएको छ। संघ र प्रदेशमा कुनै सिट नपाएको जनमोर्चाले केन्द्रिय सहमती विपरित मनोनयन दर्ता गराएको हो। लुम्बिनी प्रदेशको लागि प्रदेशसभा(‘क) मा सागर केसी र प्रदेशसभा (ख) मा जिवलाल पौडेलको उम्मेदवारी दर्ता गराएको छ।
कमेन्ट गर्नुहोस !