प्युठानका दुई पालिका सरुमारानी र मल्लरानीमा शून्य बेरूजु

अर्घाखाँची ।प्युठानका दुई पालिकाको बेरुजु शून्य देखिएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्युठानका दुई पालिकाको बेरुजु शून्य प्रतिशतमा झरेको पाइएको हो ।

जसअन्तर्गत सरुमारानी गाउँपालिका र मल्लरानी गाउँपालिकामा बेरुजु रकम नभएको प्रतिवेदनमा उल्लेख छ ।गाउँकार्यपालिकाको कार्यालयबाट गर्ने कार्यसम्पादनहरू विधिवत ढंगले गर्दा बेरुजु शून्य भएकाले गाउँपालिकामा बेरुजु नदेखिएको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले जानकारी दिनुभयो ।सार्वजनिक खरिद ऐन, नियमावली तथा कार्यविधिहरूको सही कार्यान्वयन गर्ने प्रयास गर्दा बेरुजु शून्य भएको परिणाम आएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close