सन्धिखर्कमा अक्षय कोषबाट विद्यार्थीलाई पोशाक वितरण

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको भगवती माध्यमिक विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।समाजसेवी नन्दलाल श्रेष्ठद्वारा स्थापित नन्दलाल उमकुमारी अक्षयकोषबाट १ सय ४० जना विद्यार्थीलाई पोशाक वितरण गरिएका हो।

अघिल्लो बर्ष चौरासी पुजाको खर्च कटाएर विद्यालयमा समाजसेवी नन्दलाल श्रेष्ठले (आफ्नी दिवंगत श्रीमती उमकुमारी श्रेष्ठको स्मरणमा ) स्थापना गर्नु भएको ११ लाख,११ हजार,१ सय ११ रुपैयाँ अक्षयकोष रकमको व्याज बाट विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई विद्यालयले पोशाक उपलब्ध गराएको शिक्षक शोभाखर पन्थीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close