तारा एयरको विमान यस्तो अवस्थामा भेटियो

काठमाडौँ। आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालका अनुसार मुस्ताङको थासाङ(२ मा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो ।

हराएको विमान आज बिहानैबाट फेरि खोजी सुरु गरिएको थियो । मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएको थियो । सम्पर्कविहीन विमान आइतबार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूले खोजीकार्य गरेका थिए ।

पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर आइतबार बिहान बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close