अर्घाखाँचीमा नयाँ प्रमुख जिल्ला अधिकारी घिमिरेको आगमन

अर्घाखाँची। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न कुनै कमी हुन नदिने बताउनुभएको छ ।
सोमबार नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका घिमिरेले आज क्रियाशिल पत्रकारहरु संगको परिचात्मक कार्यक्रमा नागरिक संग प्रत्यक्ष जोडिएर काम गर्ने बताउनुभएको हो ।यस्तै प्रजिय घिमिरेले स्थानीय चुनाव नजिएकाले शान्ती सुरक्षामा कुनै प्रकारको कमी हुन नदिनको लागि पहल गर्ने
बताउनु भयो । यस अघि उहाँ पाल्पा लिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पदमा रहेर काम गरेको समेत बताउनुभएको हो ।यस्तै विकासको लागि सबै संग सहकार्य गरेर समेत काम गर्ने बताउनुभयो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल,प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापा, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायत क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !