सन्धिखर्क नगरपालिकामा घरको नक्सा पास प्रमाण पत्र डिजिटल गर्ने अभियान सुभारम्भ

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आज बाट डिजिटल माध्यम बाट घरको नक्सा पास प्रमाण पत्र वितरण गर्न सुरु गरेको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ का स्थानीय नवराज भुसाललाई नक्सा पासको प्रमाण पत्र हस्तान्तरण गदै नगरप्रमुख कमलप्रसाद भुसालले यो अभियानको उद्घाटन गर्नुभएको हो । डिजिटल नक्सा नहुँदा केरमेट हुने,हराउने,आगोलागी बाट क्षती हुने जस्ता समस्या आएकोले यो अभियान सुभारम्भ गरेको नगरप्रमुख भुसालले बताउनुभयो ।

नगरपालिका भित्र १५ सय वटा नक्सा रहेकोमा अब कर्मचारी राखेर भएपनि सबैलाई डिजिटल बनाउने अभियान सुरु गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण  अर्यालले जानकारी दिनुभयो । यस्तै ग्रिन स्मार्ट सन्धिखर्क कार्यक्रमको लागि प्रदेश सरकारबाट २ करोड बजेट नगरपालिका लाई परेको प्रमुख प्रशासकिय अधिकृत अर्यालले  जानकारी गराउनुभयो ।कार्यक्रममा नगरपालिका योजना शाखा प्रमुख नारायण पोखरेल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close