बुटवल स्टार्स द्धारा डिष्ट्रिक गभर्नर टिमलाई सम्मान

बुटवल  ।लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा बर्ष २०२२÷२०२३ का लागी प्रस्ताबित डिष्ट्रिक ३२५ ‘पी’ मा नवनिर्वाचित डिजी टिमलाई बुधबार एक कार्यक्रको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । हालै सम्पन्न निर्वाचनमा निर्वाचित भएका डिष्ट्रिक गभर्नर पि एम जेएफ नवराज न्यौपाने ,फस्ट भाइस डिष्ट्रिक गभर्नर एमजेएफ अर्जुनमान सैजु ,सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोतम भक्त प्रधानाङ्ग ,डिष्ट्रिक क्यबिनेट सचिव एम जे एफ संदिप कसौधन र डिष्ट्रिक क्याबिनेट कोषाध्यक्ष बिनोद खरेल लाई बुधबार बुटवलमा स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष अन्जील खानको अध्यक्षतामा निर्वाचित डिष्ट्रिक गभर्नर पि एम जे एफ नवराज न्यौपानेको प्रमुख आतिथ्यता ,फस्ट भाइस डिष्ट्रिक गभर्नर एम जे एफ अर्जुनमान सैजु ,सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, डिष्ट्रिक क्यबिनेट सचिव एम जे एफ संदिप कसौधन र डिष्ट्रिक क्याबिनेट कोषाध्यक्ष बिनोद खरेल,बुटवल उधोग बाणिज्य संघ पूर्ब अध्यक्ष खेम हमाल ,डिष्ट्रिक डिपान्टमेन्ट सदस्य एम जे एफ सुरेस रत्न बज्रचार्य आथित्या भएको थियो । कार्यक्रमका प्रमुख आतिथि नवराज न्यौपानेले आफनो नवनिर्वाचित टिमलाई लायन्स क्लब अफ बुटवल स्टार्सले सम्मान गरेकोमा धन्यबाद व्यक्त गर्दे मेरो क्लब बलियो क्लब भन्ने नाराका साथ काम गर्ने बताए । क्लबहरुलाई बलियो बनाउन सकियो भने मात्रै काम गर्न सहज हुने बताउँदै आफु नेतृत्वमा रहँदा सम्म आप्mनो लागी भन्दा पनि क्लबहरुलाई राम्रो बनाउन लागी खटिने र डिष्ट्रिक सचिवालय बनाउनका लागी १० लाख दिने प्रतिबद्धता जनाए ।

लायन्स क्लबले सामाजिक क्षेत्रमा काम गर्ने भएकाले आगामी दिनमा परिणाममुखी काम गरेर अन्तराष्ट्रिय जगत मा नमुना डिष्ट्रिक बनाउने दावी गरे । क्लबहरुलाई बिस्तार गर्दे नयाँ डिष्ट्रिकलाई बलियो बनाउन तन,मन,धनका साथ आफनो बृद्धि विवेक र क्षमताले भ्याएसम्म मानवीय सेवाका काममा सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रमा फस्ट भाइस डिष्ट्रिक गर्भनर एमजेएफ अर्जुनमान सैजु ,सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोतम भक्त प्रधानाङ्ग ,डिष्ट्रिक क्यबिनेट सचिव एम जे एफ संदिप कसौधन र डिष्ट्रिक क्याबिनेट कोषाध्यक्ष बिनोद खरेल लगायतले बोल्दै प्रस्ताबित डिष्ट्रिकको छविलाई उचाइमा पु¥याउन आफु सधै लागिरहन र क्लब हरुलाईलाई बिस्तार गर्दे यसको गरिमालाई उचो राख्न बताए । क्लबका पूर्व अध्यक्ष तथा ए ओ जि एम जे एफ आशिष कृष्ण श्रेष्ठ स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्टार्सका सचिव राजन जिसि गरेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close