पाल्पामा ट्याक्टरका सहचालकलाई पहिरोले पुर्दा मृत्यु

पाल्पा। पाल्पामा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ ।पहिरोमा पुरिएर ट्याक्टरका सहचालक बर्दिया घर भइ पाल्पाको डुम्रे बस्दै आउनुभएका २७ वर्षका महेन्द्र पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अर्का एक जना घाइते भएका छन् ।तिनाउ गाउँपालिका वडा नम्बर ६मस्याममा लु ४ त ६६२९ नम्बरको ट्याक्टर र लु १ क २४९६ नम्बरको एक्स्काभेटरलाई पहिरोले पुरेको हो ।
एक्स्काभेटरका चालक रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरका सरोज बुढा घाइते हुनुभएको छ ।
कमेन्ट गर्नुहोस !