संगठनलाई नमुना योग्य बनाउन कांग्रेस अर्घाखाँचीको बैठक सम्पन्न

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको दोस्रो बैठक सन्धिखर्कको बिपि स्मृती भवनमा सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै सभापति केशव श्रेष्ठले जिल्लाभरमा रहेका ६१ वडाका सभापति लाई संगठन लाई नमुना योग्य बनाएर लैजानको लागि लाग्न आग्रह गर्नुभएको थियो ।त्यसको समन्वय गर्नको लागि जिल्ला तहका नेता देखि पालिका सभापति लाई नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।
यस्तै स्थानीय चुनाव नजिकीएकाले जिल्लामा पहिलो पार्टी बनाउन सबै क्षेत्रमा रहेको पदाधिकारी लाई लाग्न आग्रह गर्नुभएको हो ।यस्तै बैठकले संगठन देखि नेतृत्व सम्मको समिक्षा लगायतका निर्णय गरेको जिल्ला सदस्य सुर्य भुसालले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला कार्यसमितीका पदाधिकारी,६ वटा पालिका सभापति लगायका नेता तथा कार्यकर्ताको सभागिता रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close