दाङमा चक्कुले घाँटी रेटी छोराले बुवाको हत्या गरे

दाङ ।दाङमा छोराले बुवाको हत्या गरेका छन्। जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बेलडाँडाका १९ वर्षीय गोपाल मगरले ६३ वर्षीय बुवा कर्णबहादुर मगरको घरमा तरकारी काट्ने चक्कुले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दिउँसो करिब १ बजेतिर गोपालले आफ्नै घरको आँगनमा बुवाको घाँटी रेटेर हत्या गरेको जनाएको छ । प्रहरी चौकी चिराघाट र इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले गोपाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी निनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close