आज एमसीसीमाथि छलफल

काठमाडौं। आज संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ ।संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने  संसद् बैठकमा छलफल हुने भएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ भने दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

यसैबीच, प्रतिनिधिसभाको बैठकअघि अहिले बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समिति बोलाएका छन् । सत्ता गठबन्धभित्र नै विवाद भएपछि यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो ।


कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close