अर्घाखाँचीःगच्छे–भालुवाङ सडक निर्माण कामले गति लिदैं

सन्धिखर्क ।लुम्बिनी प्रदेशको राजधानी भालुवाङ दाङ जोड्ने अर्घाखाँचीको गौरवको योजना गच्छे भालुवाङ मोटर बाटो स्तर उन्नतीको कामले निरन्तरता पाएको छ ।
सो सडकमा ग्याभिङ जालि मेसेनरी वाल सडकको दायाँबायाँ फुल करिङ नालि निर्माण र ग्रावेलको काम भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरको टोड्के देखि शितगंगा नगरपालिका वडा नम्बर ७ जलुके–तामाल सम्मको कामले गति लिएको छ ।
ठेक्का सम्झौता गरेका निर्माण ब्यावसायी अमर ज्योति जेभि कन्ट्रक्सन प्रा.लि. अर्घाखाँचीका संचालक वसन्त भुसालले जानकारी दिनुभयो ।

सडकमा काम गर्दा कुनै काम गर्न र गुनासो नआउने गरि कुनै सामाग्री कम्सल नहाल्न गुणस्तरीय काम गर्न साईट ईन्चार्ज लाई ब्यबसायि बसन्त भुसाले निर्देशन दिनुभयो ।
सो सडकमा अहिले ग्रावेलको काम अगाडि बढिरहेको छ, भने सडकको काम गुणस्तरीय होस भन्ने उदेश्यले सडक पुर्वाधार कार्यलय अर्घाखाँचीले प्राबिधिक खटाएर काम गराईरहेको कार्यलय प्रमुख बिनोद चौधरीको भनाइ छ । गच्छे भालुवङ जोड्ने यो सडक निमार्ण को काम सकिए सगै जलुके लामा तालमा रहेको पुलको निर्माण कार्य सकिएमा गोरुसिङ्गे हुदै प्रदेस राजधानी भालुवाङ जान भन्दा गच्छे हुदै भालुवाङ जान १ घन्टा छिटो हुने छ भने यसै बर्ष गच्छे देखि ढिकुरा डेभा सम्म १० किलोमिटर सडक कालोपत्रे गर्न का लागि फाईल अगाडि बढेको सडक पुर्वाधार कार्यलयका प्रमुख चौधरीले बताउनुभयो ।

२४ वर्षसम्म अघि सुरु भएको गच्छे–भालुवाङ सडकलाई राजधानी भएपछि चासो दिन थालिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close