वैशाख पहिलो साताभित्रै उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी अघि बढाउन आयोगले कार्ययोजना तयार गरेको छ । निर्वाचनका लागि आवश्यक ५३ वटा क्रियाकलाप अघि बढाउन कार्ययोजना तयार गरिसकेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले निर्वाचन कार्यक्रम बनाउनेदेखि दल दर्ता र मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेसम्मको कार्ययोजना बनाएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

निर्वाचनको तयारीको लागि आयोगले गर्नुपर्ने क्रियाकलापमा अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्ने रहेका छन् ।आयोगका अनुसार निर्वाचन सञ्चालनका लागि जनशक्तिको आंकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्ने, मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचयपत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्ने लगायतका क्रियाकलाप कार्ययोजनामा समावेश गरिएको छ ।

प्रवक्ता पौडेलका अनुसार निर्वाचन प्रयोजनका लागि बिहीबारदेखि दल दर्ता गर्ने छ । यसअघि दर्ता भइसकेका दलले पनि दर्ताका लागि निवेदन दिनुपर्ने हुन्छ। कार्ययोजना अनुसार फागुन ५ देखि १५ सम्म दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ । आयोगमा १ सय ५ वटा दल दर्ता भएका छन् ।

नेपाल समाचारपत्र

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close