अर्घाखाँचीमा एकै दिन १७ जना कोरोना मुक्त,४ जनामा संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा १ जना,पाणिनी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सहित सक्रिय कोरोना संक्रमितको संख्या १ सय १० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै सन्धिखर्क नगरपालिकामा ९ जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि एकै दिन १७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।
कमेन्ट गर्नुहोस !