एमालेले चुनाव सम्म संसद अवरोध गर्छःअध्यक्ष ओली

काठमाण्डौं ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध कायम रहने बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँ यस्तो बताउनुभएको हो ।पछिल्लो समय एमालेले संसद् अवरोध गरिरहेको छ । पार्टीले कारबाही गरेका सांसदहरुलाई संसद्ले नमानेको भन्दै एमालेले संसद् अवरोध जारी राखेको हो ।
कमेन्ट गर्नुहोस !