बहुविवाह मुद्धामा फरार रहेका सन्धिखर्कका युवा पक्राउ

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा बहुविवाह मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० का ३३ वर्षिय बसन्त नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्ला अदालतले २०७१ माघ १३ गतेको फैसला अनुसार ११ महिना ८ दिन कैद तोकिएकोमा भागि फरार रहेका नेपालीलाई गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घास बाट विशेष सुचनाको आधारमा करीव ७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो।
अभियुक्तलाई कैद भुक्तानका लागि जिल्ला कारागार अर्घाखाँचीमा चलान गरिएको प्रहरी निरिक्षक खनालको भनाई छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close