टी–२० विश्व कप क्रिकेटमा न्युजिल्यान्ड संग भारत ८ विकेटले पराजित

काठमाडौं ।  टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ ।भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।न्युजिल्यान्डका लागि डार्य्ल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए । यस्तै,  मार्टिन गुप्टीले २० रन जोडे । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close