टी–२० विश्वकप क्रिकेटमा पहिलो खेलमा नामिबिया विजयी

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबिया ४ विकेटले विजयी भएको छ ।आबुधाबीमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।टस जितेर फिल्डिङ रोजेपछि नामिबियाले ११० रनको सामान्य चुनौती पाएको थियो । सो लक्ष्य उसले ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर भेट्टायो । नामिबियाले मध्यम ब्याटिङ गरे पनि अन्तिममा जेजे स्मितले आक्रामक खेल्दै अविजित ३२ रनको योगदान गरे । क्राइग विलियम्सले २३ रन बनाए भने मिशेल भान लिङ्गेनले १८ रन जोडे । स्कटल्यान्डका मिशेल लिस्कले २ विकेट लिए भने ब्राड ह्विलले १ विकेट हात पारे ।यस अघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close