अर्घाखाँचीमा शनिबार हुन लागेको एमालेको वडा अधिवेशनको तयारी पुरा

शोभाखर पन्थी /अर्घाखाँची।
नेकपा एमालेले वडा अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
एमाले अर्घाखाँचीले जिल्लाका सबै वडाको अधिबेशनको निम्ति आबस्यक सबै तयारी पुरा भएको जनाएको हो ।
एमालेले अन्य जिल्लाहरुमा जस्तै जिल्लाका ६१ वटा वडामा एकसाथ अधिबेशन गर्दै छ ।
अधिबेशनको निम्ति जिल्ला तथा नगर कमिटी बाट प्रतिनिधि खटाउनुका साथै अन्य आवस्यकीय तयारी पुरा भएको एमाले जिल्ला कार्यालय सचिव लिलबहादुर बि।क।ले बताउनु भयो । अधिवेशनले अध्यक्ष ,उपाध्यक्ष ,सचिव र दुई उपसचिव समेत प्रत्येक वडामा ३१ सदस्यीय वडा कमिटी गठन गर्ने उहाँको भनाइ छ । सोही अधिबेशन बाट सदस्य संख्याको आधारमा पालिका अधिबेशनको लागि प्रतिनिधि समेत चयन गरिने जनाएको छ ।
अधिबेशनमा जिल्लाका ९ हजार ६ सय ३२ जना पार्टी सदस्य र समर्थकहरु समेत गरि १० औं हजार कार्यकर्ताको सहभागीता रहने एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो । उहाँले यो अधिबेशन एकताको हुने भन्दै अधिबेशन पछि नेकपा एमाले अझै सुदृढ र बलियो हुने बताउनु भयो । अध्यक्ष आचार्यले अधिवेशनमा उल्लासमय वातावरणमा उपस्थित हुन जिल्लाका सबै कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ।
जिल्लाका अधिकाम्स वडामा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यम बाट सम्बोधन गर्ने कार्यक्रम समेत रहेको एमालेले जनाएको छ

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close