अर्घाखाँची थप १ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ७३ पुगेको छ ।यस्तै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार २१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ७१ जना रहेको छ । सन्धिखर्क नगरपालिकामा ३३ जना,भुमिकास्थान नगरपालिकामा ९ जना,मालारानी गाउँपालिकामा २४ जना,पाणिनी गाउँपालिकामा ४ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ७१ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।
कमेन्ट गर्नुहोस !