साउन महिनाको अन्तिम सोमबार ब्रत बसेर शिवको पूजा गरिदै

काठमाण्डौ।आज साउन महिनाको अन्तिम सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरुले आज अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन् ।विशेष गरि हरियो–रातो–पहेंलो चुरा पोते र बस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिला पुजामा सहभागी हुने गर्दछन ।यस वर्ष
कोरोना संक्रमणका कारण देशभरका अधिकामश शिवालयका ढोकाहरु बन्द भएपछि कतिपय श्रद्धालुले मन्दिरको बाहिरबाटै पुजा गरेका छन्। भक्तहरूको घुइँचो लाग्ने प्रसिद्ध मन्दिरहरु बन्द रहेकाले अधिकांश श्रद्धालुहरूले घरमै वा स्थानीय शिवमन्दिरहरुमा पुजा आराधना गरेर आफ्नो भक्ति अर्पण गरेका छन् ।धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।
कमेन्ट गर्नुहोस !