कोरोनाको जोखिम बढ्दै गएपछि मालारानी ५को वडा कार्यालय एक हप्ताको लागि बन्द

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय एक हप्ताको लागि बन्द हुने भएको छ । पछिल्लो केहि दिन यता कोरोना संक्रमणको दर वडा भित्र दिनप्रतिदिन बढ्दै गएपछि त्यसको रोकथामको लागि एक साताको लागि वडा कार्यालय बाट प्रदान गरिने सेवा साउन १३ गते देखि साउन १७ गते सम्मको लागि बन्द गरिएको वडा कार्यालयले निकालेको सुचनामा उल्लेख गरिएको छ ।
यस्तै केहि दिन यता कोरोना संग सम्बन्धीत लक्षण पनि देखा पर्नथालेको वडा अध्यक्ष सोभाकर भुसालले जानकारी दिनुभयो ।यस्तै वडा भित्रका नागरिक लाई नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड लागु गर्न आग्रह समेत गरिएको छ ।
कमेन्ट गर्नुहोस !